प्रदेश सरकार | डिभिजन वन कार्यालय, भोजपुर | | भोजपुर, कोशी प्रदेश, नेपाल. ::

प्रदेश सरकार

पर्यटन, वन तथा वातावरण मन्त्रालय

वन निर्देशनालय

डिभिजन वन कार्यालय, भोजपुर

भोजपुर, कोशी प्रदेश, नेपाल

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन.

उद्देश्यहरुः 

यस डिभिजन वन कार्यालयको उद्देश्यहरु निम्न अनुसार रहेका छन्:

  • वनक्षेत्र एवं जैविक विविधताको संरक्षण गर्ने,
  • सहभागितामूलक एवं दिगो वन व्यवस्थापन पद्धति अवलम्बन गरी वन व्यवस्थापन गर्ने,
  • वनजन्य उत्पादन, सेवाको सदुपयोग र व्यवसायिकीकरणबाट वन पैदावारको सुलभ आपूर्ति, थप रोजगारी सिर्जना र जीविकोपार्जन सुधार गर्ने,
  • पारिस्थितिकीय दृष्टिकोणबाट संवेदनशील क्षेत्रहरू, विशेष प्रजाति, जलाधार तथा पारिस्थितिकीय पद्धतिको संरक्षण र दिगो व्यवस्थापन गर्ने,
  • उच्च मूल्यका वनस्पति र जडीबुटीहरूको पहिचान, दिगो सङ्कलन, प्रविधि विकासको साथै व्यवसायिकीकरण र बजारीकरण गर्न समुदाय तथा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्ने तथा
  • जलवायु परिवर्तनद्वारा सिर्जित जोखिम न्यूनीकरणको लागि उपयुक्त निष्प्रभावीकरण, अनुकूलन एवं उत्थानशील कार्यक्रम सञ्चालन गर्ने । 
  • वन संगठनको क्षमता अभिवृद्धि, उपयुक्त कार्य वातावरण सिर्जना गराई वनक्षेत्रमा सुशासन कायम गर्ने ।