प्रदेश सरकार | डिभिजन वन कार्यालय, भोजपुर | | भोजपुर, कोशी प्रदेश, नेपाल. ::

प्रदेश सरकार

पर्यटन, वन तथा वातावरण मन्त्रालय

वन निर्देशनालय

डिभिजन वन कार्यालय, भोजपुर

भोजपुर, कोशी प्रदेश, नेपाल

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन.

गरिवीको रेखामुनी रहेका समुदायको जीविकोपार्जनमा टेवा पुर्‍याउन र वन क्षेत्रको हैसियत सुधार गरी वातावरण संरक्षण गर्ने उद्देश्यले यस जिल्लामा कबुयिलती वन विकास कार्यक्रम सञ्चालन भएको छ । त्यसैले यस कार्य योजनाको अवधिमा यस कार्यक्रम प्राथमिकता प्राप्त कार्यक्रमको रुपमा सञ्चालन गरिने छ । डिभिजन वन कार्यालय भोजपुर अन्तर्गतका दिङ्गला, टेम्के, अरुण, हतुवागढी र आमचोक सव डिभिजन वन कार्यालय क्षेत्रमा कुल १९५ कवुलियती वन समूहहरु रहेका छन भने रामप्रसादराई सव डिभिजन वन कार्यालय क्षेत्रमा हालसम्म कवुलियती वन हस्तान्तरण भएको छैन । 

कार्यक्रमको उद्देश्य 

  • सहभागितामूलक, वैज्ञानिक र दिगो व्यवस्थापनको माध्यमबाट गरीब, महिला र पिछडिएका वर्गको जीविकोपार्जनमा टेवा पुर्‍याउने,
  • वनको उत्पादकत्व बृद्धि गरी वन पैदावारको सतत उत्पादन गर्नु तथा स्रोत र फाइदाको न्यायोचित वितरणका अवसरहरुको सिर्जना गरी जीविकोपार्जनमा टेवा पुर्‍याउने,
  • जैविक विविधताको संरक्षण गर्ने,
  • आय आर्जनका कार्यक्रमहरु सञ्चालन गरी गरीवी न्यूनीकरण गर्ने ।

अपेक्षित उपलब्धि 

  • वनको अवस्था अनुसार यसको सक्रिय व्यवस्थापनबाट वनको हैसियत र उत्पादकत्वमा सुधार भई गरीव, महिला तथा पिछडिएका वर्गको उत्थानमा विशेष टेवा पुगेको हुनेछ । 
  • वनको दिगो व्यवस्थापन हुनेछ ।
  • गरीव, महिला, आदिवासी जनजाति लगायत वञ्चितमा परेका समुदायको समूह तथा स्रोतमा पहूँच वृद्धि भई समूहको निर्णय प्रक्रियामा सहभागिता सुनिश्चित भएको हुनेछ । 

कवुलियति वन