प्रदेश सरकार | डिभिजन वन कार्यालय, भोजपुर | | भोजपुर, कोशी प्रदेश, नेपाल. ::

प्रदेश सरकार

पर्यटन, वन तथा वातावरण मन्त्रालय

वन निर्देशनालय

डिभिजन वन कार्यालय, भोजपुर

भोजपुर, कोशी प्रदेश, नेपाल

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन.

वन डढेलो व्यवस्थापन सचेतना सप्ताह, २०८१

वन डढेलो नियन्त्रण सम्बन्धी डिभिजन वन कार्यालय भोजपुरको अनुरोध

आगो असल नोकर हो भने खराब मालिक । आगोको सानो झिल्कोले वन डढेलोको रुप लिन सक्दछ । हाम्रो सानो लापर्वाहीले जनधनको क्षति भई ठूलो विपत्ती निम्त्याउन सक्दछ । गर्मी र सुख्खा मौसममा डढेलो लाग्ने बढी सम्भावना हुन्छ । हावा हुरी एवम् बतासले यसलाई झन् बढाउँछ । आगो लाग्नै नदिनु आगलागी तथा डढेलोवाट बच्ने सर्वोत्तम उपाय हो । त्यसैले सावधान रहौं,  हुरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं । आगो बाल्दा होसियार रहौं, आगोको काम सकिएपछि राम्ररी निभाऔं ।

त्यसैले सावधान रहौं,

  • हुरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं । आगो बाल्दा होसियार रहौं, आगोको काम सकिएपछि राम्ररी निभाऔं ।
  • सलाई, लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरु बालवालिकाहरुवाट टाढा एवम् सुरक्षित स्थानमा राखौं । 
  • पेट्रोल, डिजेल, खाना पकाउने ग्यास, मट्टीतेल जस्ता प्रज्वलनशील पदार्थहरु सुरक्षित स्थानमा राखौं र होसियारी पुर्वक प्रयोग गरौं । 
  • चुरोट, बिँडीका बलेका ठुटा जथाभावी नफालौ तथा राँको बालेर नहिँडौं । 
  • वन क्षेत्रमा मानिसहरु हिड्ने बाटोको दायाँबायाँ रहेका पातपतिङ्गर जस्ता सजिलै बल्न सक्ने पदार्थहरुलाई हटाई सफा राखौं । 
  • पानीका मुहान, पोखरी, दहको संरक्षण गरौं । 
  • गाउँ टोलमा आगलागी तथा डढेलोको रोकथामबारे कुरा गरौं र विपद्वबाट बचौं । 
  • आगलागी भईहालेमा स्थानीय प्रशासन, प्रहरी, नेपाली सेना तथा वन कार्यालयमा तुरुन्त खबर गरौं । 
  • वनमा आगो लगाउनु दण्डनीय अपराध हो । डढेलो लगाउने व्यक्तिलाई पहिचान गरौं र कानूनी कार्वाही गराऔं । 

दैनिक गतिविधि