प्रदेश सरकार | डिभिजन वन कार्यालय, भोजपुर | | भोजपुर, कोशी प्रदेश, नेपाल. ::

प्रदेश सरकार

पर्यटन, वन तथा वातावरण मन्त्रालय

वन निर्देशनालय

डिभिजन वन कार्यालय, भोजपुर

भोजपुर, कोशी प्रदेश, नेपाल

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन.

दुरदृष्टिः

  • प्राकृतिक स्रोतहरुको संरक्षण एवं दीगो व्यवस्थापनबाट स्थानीय र प्रादेशिक समृद्धि हासिल गर्दै ''समृद्ध नेपाल, सुखी नेपाली'' को राष्ट्रिय लक्ष्य पुरा गर्न योगदान पुर्‍याउने ।

लक्ष्य तथा ध्येयः

  • वनक्षेत्र तथा जैविक विविधताको संरक्षण, सम्वर्द्धन र दिगो उपयोगद्वारा वन पैदावारको व्यवसायिकीकरण तथा सतत् आपूर्ति गर्ने साथै प्राकृतिक स्रोतहरुको एकिकृत व्यवस्थापन गर्दै जलाधारहरुको स्वस्थता एवं वातावरणीय सन्तुलन कायम गरी पारिस्थितिकीय सेवा प्रवाहलाई निरन्तर अक्षुण्ण राख्ने ।
  • जैविक विविधता र स्रोतको संरक्षण लगायत वातावरणीय सेवाबाट प्राप्त हुने लाभ वृद्धि गर्दै न्यायोचित वितरण सुनिश्चत गर्नु।
  • दीगो वन व्यवस्थापनद्वारा वन क्षेत्रको उत्पादकत्व र वन पैदावारको उत्पादन वृद्धि गर्नु ।