प्राकृतिक स्रोतहरुको संरक्षण एवं दीगो व्यवस्थापनबाट स्थानीय र प्रादेशिक समृद्धि हासिल गर्दै ''समृद्ध नेपाल, सुखी नेपाली'' को राष्ट्रिय लक्ष्य पुरा गर्न योगदान पुर्याउने ।
लक्ष्य तथा ध्येयः
वनक्षेत्र तथा जैविक विविधताको संरक्षण, सम्वर्द्धन र दिगो उपयोगद्वारा वन पैदावारको व्यवसायिकीकरण तथा सतत् आपूर्ति गर्ने साथै एवं मूल्य अभिवृद्धि र तिनको न्यायोचित वितरण गरी समतामूलक आयआर्जन, रोजगारी तथा जीविकोपार्जन अवसर श्रृजना गर्न टेवा पुर्याउने ।
प्राकृतिक स्रोतहरुको एकिकृत व्यवस्थापन गर्दै जलाधारहरुको स्वस्थ्यता एवं वातावरणीय सन्तुलन कायम गरी पारिस्थितिकीय सेवा प्रवाहलाई निरन्तर अक्षुण्ण राख्ने ।