१. प्रशासन शाखाको कार्य विवरण
पदः सहायक पाँचौ/अधिकृत (५-६, प्रशासन, सा.प्र.)
कार्यालय प्रमुखको सामान्य निर्देशन, नियन्त्रण र सुपरिवेक्षणमा रहि कर्मचारी प्रशासन, कार्यालय व्यवस्थापन, स्टोर व्यवस्थापन, सरकारी सम्पत्तिको सुरक्षा र मर्मत संम्भार, सार्वजनिक खरिद लगायतका कार्य तथा देहाय बमोजिमको कार्यविवरण सञ्चालन गर्नुपर्नेछ ।
कार्य विवरण
- तोकआदेश भएका चिठीपत्रहरुको दर्ता चलानी गर्ने र सम्वन्धित महाशाखा र शाखामा बुझाउने,
- कर्मचारीहरुको सरुवा बढुवा, राजिनामा, काज सम्वन्धमा प्राप्त भएका पत्रहरु फाईलिङ्ग गर्ने, सुरक्षित राख्ने, कार्यवाहीको रेकर्ड अद्यावधिक राख्ने,
- कर्मचारीहरुको हाजिरी, बिदाको अभिलेख, आगन्तुक पुस्तिकाको अभिलेख दुरुस्त राख्ने,
- कार्यसम्पादन भई सकेपछि स्वीकृत वर्गीकरण बमोजिम चिठ्ठी पत्रहरु व्यवस्थित तरिकाले फाईलिङ्ग गर्ने,
- कार्यालयको जिन्सी तथा अन्य सरकारी सम्पत्तिहरुको लगत राख्ने र तिनको सुरक्षा तथा ब्यवस्थापन गर्ने,
- कर्मचारीहरुको व्यक्तिगत फायलहरु सुरक्षित राख्ने तथा प्राप्त कागजातहरु निर्देशन बमोजिम सम्बन्धित फायलहरुमा फाईल गरी पञ्जिकामा जनाउने, फाईलहरु गोप्य र सुरक्षित राख्ने,
- आवश्यकता अनुसार चलानी भई जाने पत्रहरुको पञ्जिका वा विवरणको तालिका तयार गर्ने,
- कार्यवाहीमा रहेका कागजातहरु स्वीकृत प्रणाली बमोजिम फाईलिङ्ग गर्ने,
- फाईलहरु बैज्ञानिक ढङ्गले मिलाई सुरक्षा पूर्वक राख्ने जिम्मा लिने र आवश्यक परेको समयमा फाइल अभिलेख राखि उपलब्ध गराउने व्यवस्था गर्ने,
- उत्कृष्ट काम गर्ने कर्मचारी वा तोकिएको जिम्मेवारी उचित समयमा पुरा गर्ने कर्मचारीहरुको निष्पक्ष मुल्यांकन गरी प्रोत्साहन गर्न सिफारिस गर्ने,
- कार्यालयमा दरवन्दी अनुसार कार्यालय प्रमुखसँगको समन्वय र निर्देशन अनुसार कर्मचारीहरुको फाँट बिभाजन गरी जिम्मेवारी तोक्ने,
- रिक्त पदहरुमा पदपूर्तिका लागि कार्यालय प्रमुखसँग समन्वय गरी सरोकारवाला तालुक निकायमा जानकारी दिने र आवश्यकता अनुसार प्रचलित कानून बमोजिम लोक सेवा आयोगमा माग गर्ने,
- कुनै कर्मचारीले आचरण विपरित कार्य गरेमा कार्यालय प्रमुखसँग समन्वय गरी प्रचलित कानून वमोजिम कारवाहीको प्रकृया अगाडी वढाउने,
- कर्मचारी प्रशासन, कार्यालय व्यवस्थापन सम्वन्धी अन्य कार्यहरुमा नीतिगत निर्णय गर्न कार्यालय प्रमुखलाई सहयोग गर्ने,
- कार्यालय प्रमुखसँग समन्वय गरी सूचना अधिकारी तोक्ने व्यवस्था मिलाउने,
- सबै शाखा फाँटहरुमा कार्यालयको कार्य सम्पादनमा आपसी सहयोग र समन्वय गर्ने,
- कार्यालयको सरसफाई, आन्तरिक सजावट, कार्यकक्ष, सवारी साधन, फर्निचर एवं उपकरणहरुको संरक्षण, हेरचाह, मर्मत सम्भार आदि कार्यको लागि सम्वन्धीत कर्मचारीहरुलाई जिम्मेवारी तोक्ने,
- कर्मचारीहरु कार्यालय समयमा कुनै कामको लागि कार्यालय बाहिर जाँदा लग बुकमा जनाई कार्यालय प्रमुख वा तोकिएको अधिकारीको स्विकृती लिएर जाने व्यवस्था मिलाउने तथा सवारी अनुमति (पास) लिनुपर्ने भए सो को ब्यवस्था मिलाउने,
- सार्वजनिक खरिद ऐन नियमावली बमोजिम खरीद इकाई गठन गरी आवश्यकता अनुसार कार्यालय संचालन र वन व्यवस्थापनका सामाग्रीको बार्षिक खरीद योजना बनाई सो अनुसार कार्य गर्ने गराउने,
- डि.व.का. मा आएका गुनासो व्यवस्थापन एवं उजुरीको छानबिन गर्ने गराउने,
- कर्मचारीको खाजा समय निर्धारण गरी सेवाग्राहीले समेत देख्ने गरी सूचना टाँस गर्ने व्यवस्था मिलाउने,
- कार्यालय प्रमुख, शाखामा कार्यरत कर्मचारीहरु बिच आपसी सहयोग र समन्वय कायम राख्ने व्यवस्था मिलाउने,
- प्रचलित ऐन कानून बमोजिम तोकिएको निकाय प्रति उत्तरदायी भै कार्य सम्पादन गर्ने व्यवस्था मिलाउने,
- कार्यालयमा आवश्यक फर्निचर, मेशिनरी औजार, मसलन्द सामानहरु, डिस्प्ले बोर्ड, खानेपानीको उचित व्यवस्था मिलाउने,
- सवारी साधनहरुको उचित समयमा मर्मत सम्भारको व्यवस्था मिलाउने,
- कार्यालयको सरसफाई, रंगरोगन, विद्युत पानीको आपुर्ति र आन्तरिक सजावटको व्यवस्था गर्ने,
- कार्यालयमा नागरिक वडापत्र तयारी तथा अद्यावधिक गरी राख्ने, सुझाव पेटीका, सेवाग्राही सोधपुछ/सहायता कक्ष, सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीको व्यवस्था मिलाउने,
- तालुक र मातहतका निकायहरु तथा अन्य सबै सरकारी गैरसरकारी निकायहरु बीच समन्वयात्मक वातावरणमा काम गर्ने व्यवस्था गर्ने,
- आफूलाई तोकिएको कार्यको कार्यप्रगती प्रतिवेदन सुपरिवेक्षकमा पेश गर्ने,
- अधीनस्थ भौतिक सामग्रीको स्याहार, सम्भार मर्मत र सुरक्षा गर्ने गराउने,
- यस पदलाई निर्दिष्ट गरीएका अन्य कार्यहरु गर्ने ।
२. आर्थिक प्रशासन शाखाको कार्य विवरण
पदः लेखापाल/ अधिकृत (५-६, प्रशासन, लेखा)
कार्यालय प्रमुखको सामान्य निर्देशन, नियन्त्रण र सुपेरीबेक्षणमा रहि आर्थिक प्रशासन सम्बन्धी कामको जिम्मेवारी बहन गर्नुपर्नेछ ।
कार्य विवरण
- निर्देशनालयको वार्षिक अनुमान तयार गर्ने,
- साधारण बजेट तर्जुमा र विकास बजेटको रकम योजना र कार्यक्रम हेर्ने सम्बन्धित शाखासँग समन्वय गरी तर्जुमा सम्बन्धि कार्य गर्ने,
- आर्थिक कारोवारसँग सम्बन्धित काम र जिम्मेवारी वहन गरी आ.प्र. नियमावली वमोजिम निकासा माग गर्ने,
- निकासा भएको रकमको खर्चको हिसाब किताब रीतपूर्वक सुरक्षा साथ राख्ने, खर्चको फाँटवारी तथा आर्थिक विवरण तयार गर्ने तथा फाँटवारी एवं आर्थिक विवरण कार्यालय प्रमुखबाट स्वीकृत गराई समयमै सम्बन्धित निकायमा पठाउने,
- निर्देशनालयको विनियोजन राजस्व र धरौटीको वार्षिक केन्द्रीय आ.वि. बनाई सम्बन्धित निकायमा पठाउने र आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराउने,
- लेखा परीक्षणबाट कायम हुन आएको बेरुजूको लगत राख्ने र बेरुजू फर्छ्यौट गर्ने प्रमाण जुटाई पेश गर्ने गराउने तथा नियमित गर्नुपर्ने बेरुजूहरु नियमित गर्न वन निर्देशक समक्ष पेश गर्ने,
- आर्थिक कारोवार गर्दा प्रचलित आ.प्र. नियमावली वमोजिम रीत पुगेको नपुगेको जाँची रीत पुगेकोमा भुक्तानीको निमित्त पेश गर्ने,
- स्वीकृत बिनियोजित बजेट अन्तर्गत कार्य संचालनस्तरमा प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयबाट रकम निकाशा लिनुपर्ने कार्यमा सहयोग गर्ने,
- ऐन नियमानुसार कार्य संचालन स्तरको तोकिएको श्रेस्ताहरु अद्यावधिक राख्ने राख्न लगाउने,
- कार्य संचालनको लागि नियमानुसार खाता संचालन गर्ने गराउने कार्यमा सहयोग गर्ने,
- कर्मचारीहरुलाई स्वीकृत भए बमोजिमको रकम पेश्कि दिने र कार्य सम्पादन भएको अवधिले नियमानुसार पाउने भित्र पेश्कि फछ्यौट गराउने,
- निर्माण कार्यहरु वा ठेक्का पट्टाबाट निर्माण र सामान खरिद कार्य भएकोमा प्रचलित ऐन नियमको अधिनमा रहि भुक्तानी दिने दिलाउने ब्यवस्था मिलाउने र दिलाउन पेश गर्ने कार्यमा सहयोग गर्ने,
- नियम बमोजिम बिभिन्न बजेट अन्तर्गत भएका खर्चहरुको भुक्तानी दिन वा आर्थिक सहायताहरु प्रदान गर्ने कार्यहरुमा सहयोग गर्ने,
- कर्मचारीहरुलाई नियमानुसार तलबभत्ता, उपदान, लुगा भत्ता, औषधी खर्च उपलब्ध गराउने कार्यमा सहयोग गर्ने,
- तलवबाट कट्टाभएको कर्मचारी संचयकोष, नागरिक लगानी कोष, र सापटी कट्टी रकम सम्बन्धित कार्यालयमा दाखिला गर्ने गराउने कार्यमा सहयोग गर्ने गराउने,
- स्वीकृत वार्षिक बजेट अन्तर्गत चौमासिक निकासा लिनको लागि आवश्यक पर्ने आर्थिक प्रतिवेदनको मस्यौदा तयार गर्ने,
- निर्देशनालयको स्वीकृत वार्षिक कार्यक्रम बमोजिम खर्च संचालनको सिलसिलामा नियम परिपत्र र स्वीकृत आदेश बमोजिम खर्च गर्न गोश्वरा भौचर तयार गर्ने,
- खर्च रकम रेकर्ड गर्ने अभिलेखहरु बैंक नगदी किताब, बजेट सीट, पेश्की खाता एवं अन्य आवश्यक खाताहरुमा खर्च स्वीकृत भए बमोजिम कारोबारहरु प्रविष्ट गर्ने,
- कार्यालय प्रमुखले सुम्पेको आर्थिक कारोवार सम्बन्धी काम गर्ने र आर्थिक कारोवारमा कार्यालय प्रमुखलाई राय दिने,
- आन्तरिक तथा अन्तिम लेखा परिक्षणबाट औंल्याएका बेरुजु फछ्यौटको सिलसिलामा आवश्यक पर्ने विभिन्न प्रमाण र स्पष्टिकरणको व्यहोरा आवश्यक कारवाहीको निमित्त कार्यालय प्रमुख समक्ष पेश गर्ने,
- स्वीकृत भ्रमण आदेश बमोजिम भ्रमणमा गई पेश हुन आएका बिलहरु जाँच गरी आवश्यक कारवाहीको लागि लेखा अधिकृत समक्ष पेश गर्ने,
- आवश्यकता अनुसार चलानी भई जाने पत्रहरुको पंजिका वा विवरण तयार गर्ने,
- फाइलहरु व्यवस्थित ढंगले सुरक्षापूर्वक राख्ने,
- यस पदलाई निर्दिष्ट गरिएका तथा तोकिएका अन्य कार्यहरु गर्ने ।
३. योजना तथा व्यवस्थापन शाखा
यस शाखामा रहने कर्मचारीहरुको दरबन्दी अनुसार पदीय जिम्मेवारी निम्न अनुसारको बहन गर्नुपर्नेछ ।
पदः वन अधिकृत (७-८, वन, ज.फ.)
क) योजना तर्जुमा र कार्यान्वयन
- जिल्लाको वन व्यवस्थापन योजना, वार्षिक कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने गराउने ।
- संघीय र प्रदेश सरकारबाट प्राप्त कार्यक्रमहरु सम्बन्धित कर्मचारी तथा निकायहरु (जिल्ला स्थित सव-डिभिजन वन कार्यालय प्रमुख, वन सुरक्षा शाखा लगायत आवश्यकता अनुसार अन्य शाखा) सँग समन्वय गरी कार्यक्रम बारे जानकारी दिनुको साथै कार्यक्रमको बाँडफाँड, कार्यआदेश तयार गरी कार्यक्रम संचालन गर्ने/गराउने कार्यमा डि.व.अ.लाई सहयोग गर्ने ।
- संचालित कार्यक्रमहरुको लगत इस्टिमेट तयारी, चेकजाँच र स्विकृत पश्चात लेखा शाखामा पेश्कीको लागि सिफरिश गर्ने ।
- प्रत्येक कार्यक्रमहरुको छुटाछुटै कार्यक्रम रजिष्टर तयार गरी अभिलेख राख्ने ।
- वन व्यवस्थापनको लागि सुहाउँदो वन सम्वर्द्धन प्रणाली अनुसार व्यवस्थापन योजनाहरु तयार गरी स्विकृत गराई कार्यान्वयन गर्ने ।
ख) वन संरक्षण र व्यवस्थापन
- डिभिजन अन्तर्गतको सबै राष्ट्रिय वनहरुको अतिक्रमण, आगलागी, चरिचरण, चोरी निकासी र अन्य मानवीय हानी नोक्सानीबाट संरक्षण गर्न सव डिभिजन कार्यालयहरुलाई सहयोग गर्ने गराउने
- डिभिजनको स्विकृत वन व्यवस्थापन योजना अनुसार साझेदारी वन, संरक्षित वन, चक्ला वन र बाकी सरकारद्वारा व्यवस्थित वनको व्यवस्थापन योजना तर्जूमा , स्विकृती र कार्यान्वयनको व्यवस्थापन गर्ने ,
- वन उपभोक्ता समुहबाट तयार भई समुदायमा आधारित वन व्यवस्थापन योजनाहरु (सामुदायिक वन, धार्मिक वन, कबुलियती वन) प्राप्त भएपछि नियामानुसार संशोधन गर्नुपर्ने भए सुझाव दिई स्विकृतको लागि डि.व.अ. समक्ष पेश गर्ने ।
- वन कार्ययोजनाको क्ष्भ्भ् को प्रतिवेदन तयार गर्ने गराउने र अन्य निकायबाट प्राप्त यस कार्यालयसँग सम्बन्धित क्ष्भ्भ् प्रतिवेदन माथि अध्ययन गरी राय सुझाव दिने ।
- वन विकासबारे सेवाग्राहीलाई जानकारी गराउने ।
ग) समन्वय बैठक
- जनचेतना अभिबृद्धि गर्न प्रचार प्रसारको सामाग्री तयार गरी उत्पादन, प्रकाशन र प्रशारण गरी गराई सूचना प्रवाहलाई व्यवस्थित गर्ने ।
- कार्यालय सम्बन्धि विभिन्न बैठकहरुको समन्वय र व्यवस्थापन गर्ने ।
घ) नीजि कृषि वन, वृक्षारोपण, सिमसार
- निजी तथा सार्वजनिक क्षेत्रमा संभावित वन/वृक्षारोपण क्षेत्र पहिचान गर्ने गराउने ।
- जिल्ला स्थित विभिन्न ठाउँको जनतालाई पायक पर्ने हिसाबले आवश्यकता अनुसार स्थानीय तहको समन्वयमा नर्सरी स्थापना, नर्सरीमा विरुवा उत्पादन एवं वृक्षारोपणको लागि योजना तयार गरी हरियाली प्रबर्धनको कार्यमा प्राविधिक सहयोग गर्ने गराउने ।
- वृक्षारोपण तथा निजी वनको व्यस्थापनमा प्राविधिक सहयोगको व्यवस्था मिलाउने ।
- वनक्षेत्रमा सिमसार संरक्षण, व्यवस्थापन र पर्यापर्यटन प्रर्वधनको लागि कार्यक्रमहरु संचालन, अनुगमन, सहजीकरण गर्ने र अभिलेखीकरणको कार्य गर्ने ।
- नीजी तथा कृषि वन विकासका कार्य संचालन गर्ने ।
ङ) प्रगति प्रतिवेदन
- कार्यालयबाट कार्यादेश भएका कार्यक्रमहरुको अनुगमन, निरीक्षण, आवश्यक प्राविधिक सहयोग गरी गराई लक्ष्य अनुसारको प्रगति हासिलमा सहयोग गर्ने ।
- सेवा परामर्शबाट सम्पन्न गरीने कार्यक्रमहरु कार्यविधी अनुसार छनौट गर्ने, छनौट भएका संघसस्थाहरुसँग सम्झौता गर्ने, कार्यादेश दिने र संचालित कार्यक्रमहरुको अनुगमन गर्ने तथा समयमै सम्पादन गर्न लगाई प्रतिवेदन पेश गर्न लगाउने ।
- संचालित कार्यक्रमहरुको मासिक, चौमासिक र वार्षिक प्रगति तयार गरी सम्बन्धित निकायमा पठाउने ।
- वार्षिक प्रगति पुस्तिका तयारी एवं प्रकाशन र वितरण गर्ने ।
- प्राप्त परिपत्र, निर्देशनहरु मातहतका कार्यालयहरुलाई छिटो माध्यम मार्फत जानकारी पठाउने, कार्यान्वयन गर्ने गराउने ।
- कार्यालयसँग सम्बन्धित सूचना, तथ्यांकहरुको संकलन अभिलेखीकरण, प्रकाशन, वितरण र सूचना प्रवाह व्यवस्थित गर्ने ।
वन व्यवस्थापन शाखा
वन अधिकृत (७-८, वन, ज.फ.) को कार्य विवरण
- सरकारद्धारा ब्यवस्थत वनको वन पैदावार संकलन, घाटगद्दी व्यवस्थापन र बिक्री बितरणको व्यवस्था मिलाउने ।
- सव डिभिजनबाट वन पैदावार संकलन र वन पैदावारमा आधारित उद्योग÷व्यवसायहरुको नियमित अनुगमन निरीक्षण गर्ने ।
- वन पैदावार संकलन, घाटगद्दी व्यवस्थापन लगायतका कार्यहरुमा सव डिभिजन वन कार्यालयलाई सहयोग गर्ने ।
- निजी तथा सार्वजनिक, सरकारी तथा गैरसरकारी क्षेत्रको रुखहरुको व्यवस्थापन कार्य गर्ने ।
- संरक्षित क्षेत्र बाहिर डिभिजन वन कार्यालयको क्षेत्रमा फेला पर्ने घाइते, टुहरा, बिरामी तथा बाटो बिराई भेटिने वन्यजन्तुहरुको संरक्षण, प्राथमिक उपचार र उद्धार गरी प्राकृतिक वासस्थानमा पुनरस्थापना गर्ने ।
- वन्यजन्तुबाट भएको क्षतिको राहत सहयोग निर्देशिका बमोजिम क्षतिको आंकलन, समितिको बैठक लगायतका तोकिएको कार्यहरु गरी राहत प्राप्तीको लागि सिफारिससाथ सम्बन्धित निकायमा पठाउने,
- वार्षिक रुपमा वनपैदावार संकलनको लागि सब-डिभिजन वन कार्यालयको सिफारिस प्राप्त भएपछि डि.व.का.बाट समेत छपान चेकजाँच गरी संकलन सहमतिको लागि डि.व.अ.समक्ष पेश गर्ने र सो को लगत विवरण अभिलेख रजिष्टरमा राख्ने ।
- वनक्षेत्र भित्रको ढुगां गिटी बालुवा संकलन व्यवस्थापन गर्ने ।
- निजी नम्बरी आवादीको काठ दाउरा लगत प्रमाणित लगायतका कार्यहरु व्यवस्थापन गर्ने ।
- वनपैदावार निकासी पैठारीको व्यवस्थापन गर्ने ।
- भू उपयोग (वनक्षेत्रको जग्गा अन्य प्रयोजन सम्बन्धी) कार्य गर्ने
- वनपैदावार चेकपोष्टको व्यवस्थापन गर्ने
- जिल्ला वन पैदावार आपूर्ति समितिमा रही कार्य गर्ने ।
- वन पैदावार उत्पादन, बिक्री बितरण आदि सम्बन्धि तथ्यांक र अभिलेखको अद्यावधिक रेकर्ड राखी सम्बन्धित निकायमा पेश गर्ने ।
- अन्य निर्देशित कार्यहरु गर्ने ।