वि.सं:
नेपाल संवत: ११४५ तछलाथ्व पुन्हि - १५
वि.सं. २०४० सालमा तत्कालिन जिल्ला वन कार्यालय, भोजपुरको नामबाट स्थापित यस कार्यालयले स्थानीय वासिन्दालाई वन सम्वन्धी सेवा पुर्याउदै आएको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७५/०३/३२ को निर्णय अनुसार यस कार्यालयको नाम डिभिजन वन कार्यालय, भोजपुर रहेको छ । तदनुसार यस कार्यालयको सांगठनिक संरचना कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालय, वन निर्देशनालय मातहत रहेको छ । २ वटा नगरपालिका र ७ वटा गाउँपालिका गरी जम्मा ९ वटा स्थानिय तह भएको भोजपुर जिल्लामा यस कार्यालय अन्तर्गत ६ वटा सव डिभिजन वन कार्यालय कायम गरि वन सम्वन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।
लक्ष्यः
यस डिभिजन वन कार्यालयको लक्ष्य निम्न अनुसार रहेको छः
उद्देश्यहरुः
यस डिभिजन वन कार्यालयको उद्देश्यहरु निम्न अनुसार रहेका छन्:
डिभिजन वन कार्यालय भोजपुरको स्वीकृत संगठन संरचना अनुसार भोजपुर जिल्लामा वन व्यवस्थापनको हिसाबले ६ वटा सव डिभिजन वन कार्यालय (टेम्के, दिङ्गला, अरुण, रामप्रसादराई, हतुवागढी र आमचोक) रहेका छन र यिनको कार्यक्षेत्र निम्न अनुसार रहेका छन्।