| सि.नं. | कार्यालयले दिने सेवाहरु | सेवा प्राप्त गर्ने प्रकृया तथा आवश्यक कागजातहरु | सेवा प्राप्त गर्दा लाग्ने दस्तुर | सेवा प्राप्त गर्न लाग्ने समय | सेवा दिने जिम्मेवार शाखा वा फाँट | कार्य समयमा नभएमा उजुरी/सम्पर्क गर्ने अधिकारी |
| १ | सामुदायिक वन उपभोक्ता समूह गठन तथा विधान दर्ता | ईच्छुक स्थानीय उपभोक्ताहरुले समूह गठन एवं वन नियमावली, २०७९ को अनुसूची-१९ बमोजिमको उपभोक्ता समूहको विधान तयार गरी समूहको भेलाबाट अनुमोदन गराई सो को निर्णय सहित सम्वन्धित सव-डिभिजन वन कार्यालय वा सोझै डिभिजन वन कार्यालयमा वन नियमावली, २०७९ को अनुसूची-२० बमोजिमको ढाँचामा निवेदन पेश गर्नुपर्ने । | रु. १००/- | आवश्यक कागजात सहित पेश हुन आएको ३० दिन भित्र | योजना शाखा | डिभिजनल वन अधिकृत |
| २ | सामुदायिक वनको कार्ययोजना तयारी र वन हस्तान्तरण | प्रचलित ऐन, नियम, निर्देशिकाहरुको अधिनमा रहि वन प्राविधिकको सहयोगमा वन उपज मापन सहितको वन नियमावली, २०७९ को अनुसूची-२४ बमोजिमको वन कार्ययोजना तयार गरी उपभोक्ता समूहको साधारण भेलाबाट अनुमोदन गराई सम्वन्धित स्थानीय तहको सिफारिस र सम्वन्धित सव-डिभिजन वन कार्यालयको राय सहित वन नियमावली, २०७९ को अनुसूची-२३ बमोजिमको ढाँचामा निवेदन पेश गर्नुपर्ने । | रु. १००/- |
आवश्यक कागजात सहित पेश हुन आएको १५ दिन भित्र |
योजना शाखा | डिभिजनल वन अधिकृत |
| ३ | गरिबीको रेखामुनि रहेका जनताका लागि कवुलियती वन उपलब्ध गराउने | गरिबीको रेखामुनी रहेका कम्तीमा ५ घरधुरीहरुले समूह गठन गरी आफूले कवुलियती वनको रुपमा संरक्षण तथा व्यवस्थापन गर्न चाहेको राष्ट्रिय वनको कुनै भागको वन प्राविधिको सहयोगमा वन नियमावली, २०७९ को अनुसूचीमा उल्लेखित विषयवस्तु समावेश गरी कार्ययोजना तथा विधान तयार गरी समूहको भेलाबाट अनुमोदन गराई सम्वन्धित सव-डिभिजन वन कार्यालयको सिफारिस सहित पेश गर्नुपर्ने । | रु. १००/- | आवश्यक कागजात सहित पेश हुन आएको ७ दिन भित्र | योजना शाखा | डिभिजनल वन अधिकृत |
| ४ | उपभोक्ता समूहको टाँचा दर्ता | वन नियमावली, २०७९ को अनुसूची-२९ बमोजिमको ढाँचामा टाँचा बनाई निवेदन सहित पेश गर्नुपर्ने । | रु. ५००/- | सोही दिन | योजना शाखा | डिभिजनल वन अधिकृत |
| ५ | सामुदायिक वन / कवुलियती वनको कार्ययोजना नवीकरण | कार्ययोजनाको म्याद सकिएका सामुदायिक वन / कवुलियती वन उपभोक्ता समूहले वन प्राविधिकको सहयोगमा वन उपज मापन सहितको वन नियमावली, २०७९ को अनुसूची-२४ बमोजिमको वन कार्ययोजना तयार गरी उपभोक्ता समूहको साधारण भेलाबाट अनुमोदन गराई सम्वन्धित स्थानीय तहको सिफारिस र सम्वन्धित सव-डिभिजन वन कार्यालय मार्फत पेश गर्नुपर्ने । | निःशुल्क | आवश्यक कागजात सहित पेश हुन आएको ७ दिन भित्र | योजना शाखा र सम्वन्धित सव-डिभिजन वन कार्यालय | डिभिजनल वन अधिकृत |
| ६ | सामुदायिक वनको वन पैदावार संकलन | आन्तरिक खपतको लागिः स्वीकृत कार्ययोजनाको वार्षिक स्वीकार्य कटान परिमाणको परिधिभित्र रहि उपभोक्ताको माग संकलन, समूहको निर्णय प्रतिलिपि सहित सम्वन्धित सव-डिभिजन वन कार्यालयमा तोकिएको ढाँचामा निवेदन पेश गर्नुपर्ने । | निःशुल्क | सामुदायिक वनको काठ/दाउरा संकलन तथा बिक्री वितरण निर्देशिका, २०७१ बमोजिम सम्पूर्ण प्रकृया तथा चेकजाँच सम्पन्न भए पश्चात सोही दिन | योजना शाखा र सम्वन्धित सव-डिभिजन वन कार्यालय | डिभिजनल वन अधिकृत |
| बाह्य बिक्रीको लागिः स्वीकृत कार्ययोजनाको वार्षिक स्वीकार्य कटान परिमाणको परिधिभित्र रहि समूहको निर्णय प्रतिलिपि सहित सम्वन्धित सव-डिभिजन वन कार्यालयको सिफारिस सहित तोकिएको ढाँचामा निवेदन पेश गर्नुपर्ने । | निःशुल्क | सामुदायिक वनको काठ/दाउरा संकलन तथा बिक्री वितरण निर्देशिका, २०७१ बमोजिम सम्पूर्ण प्रकृया तथा चेकजाँच सम्पन्न भए पश्चात ७ दिन भित्र | ||||
| ७ | सामुदायिक वनको वन पैदावार समूह बाहिर लिलाम बिक्री | स्वीकृत वन कार्ययोजनाको वार्षिक स्वीकार्य कटान परिमाणको परिधिभित्र रही समूहको साधारण सभाको निर्णय प्रतिलिपी, सम्वन्धित सव-डिभिजन वन कार्यालयको स्थलगत निरीक्षण प्रतिवेदन तथा सिफारिस पत्र सहित पेश गर्नुपर्ने । | मूल्य अभिवृद्धि करः १३% र प्रदेश सेवा शूल्कः प्रति क्यू.फिट साल, खयर प्रजातिको हकमा रु. १०।- तथा अन्य प्रजातिको हकमा रु. ५।- | सामुदायिक वनको काठ/दाउरा संकलन तथा बिक्री वितरण निर्देशिका, २०७१ बमोजिम सम्पूर्ण प्रकृया तथा चेकजाँच सम्पन्न भई पेश भएको ७ दिन भित्र | योजना शाखा र सम्वन्धित सव-डिभिजन वन कार्यालय | डिभिजनल वन अधिकृत |
| ८ | धार्मिक वन हस्तान्तरण | प्रचलित कानून बमोजिम स्थापित भएका धार्मिक निकाय, समूह वा समुदायले संरक्षण गर्न चाहेको परापूर्व कालदेखिको धार्मिक स्थल र त्यसको वरिपरिको वनक्षेत्रको चारकिल्ला र क्षेत्रफल खुलाई वन प्राविधिकको सहयोगमा त्यस्तो वनको कार्ययोजना तयार गरि सम्वन्धित स्थानीय तहको सिफारिस सहित सव-डिभिजन वन कार्यालय मार्फत पेश गर्नुपर्ने । | रु. ५००।- | सम्पूर्ण प्रकृया पुरा भए पश्चात १५ दिन भित्र | योजना शाखा र सम्वन्धित सव-डिभिजन वन कार्यालय | डिभिजनल वन अधिकृत |
| ९ | निजी वन दर्ताको लागि प्राविधिक सहयोग तथा सिफारिस | नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि, मालपोत तिरेको रसिद, जग्गाको नक्सा, वडा कार्यालयको सिफारिस आदी कागजात राखि सम्वन्धित निजी वन धनीले तोकिएको ढाँचामा निवेदन दिनुपर्ने । तत्पश्चात सम्वन्धित सव-डिभिजन वन कार्यालय, नापी कार्यालय र स्थानीय तहका प्रतिनिधि सहितको संयन्त्रबाट जाँचबुझ तथा सार्वजनिक सुनुवाई पश्चात निजी वन दर्ताको लागि सम्वन्धित स्थानीय तहमा सिफारिस गरिने । | निःशुल्क | निवेदन माग भई आएको १५ दिन भित्र | योजना शाखा र सम्वन्धित सव-डिभिजन वन कार्यालय | डिभिजनल वन अधिकृत |
| १० | व्यवसायिक प्रयोजनको लागि निजी वन र निजी आवादीको जग्गाको वन पैदावार संकलन तथा ओसारपसार | नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि, मालपोत तिरेको रसिद, जग्गाको नक्सा, स्थानीय तहको सिफारिस सहित तोकिएको ढाँचामा निवेदन पेश गर्नुपर्ने तथा वन/नापी/मालपोत/सम्वन्धित स्थानीय तहका प्रतिनिधि सहितको संयन्त्रबाट जाँचबुझ तथा सार्वजनिक सुनुवाई पश्चात ठहर भएका वन पैदावारको संकलनको लागि कटान तथा नियमानुसार स्थानान्तरण सहमति दिने । | मूल्य अभिवृद्धि करः १३% र प्रदेश सेवा शूल्कः प्रति क्यू.फिट साल, खयर प्रजातिको हकमा रु. १०।- तथा अन्य प्रजातिको हकमा रु. ५।- | कटान/संकलन आदेशः ३ दिन भित्र, नाँपजाँच तथा लगत तयारीः कटान मुछान भई काठ, दाउरा घाटगद्दीमा आएको ४ दिन भित्र, बिमार्का तथा स्थानान्तरण ईजाजतः कार्यालयमा लगत पेश भई मू.अ.कर र प्रदेश सेवा शूल्क दाखिला गरेपश्चात । | वन व्यवस्थापन शाखा र सम्वन्धित सव-डिभिजन वन कार्यालय | डिभिजनल वन अधिकृत |
| ११ | जडिबुटी, गैरकाष्ठ वन पैदावार संकलन र स्थानान्तरण इजाजत | राष्ट्रिय वनको हकमाः संकलन इजाजतका लागि वन पैदावारको जात, परिमाण र वनक्षेत्रको चारकिल्ला सहितको विवरण खुलाई तोकिएको ढाँचामा निवेदन पेश गर्ने र नियमानुसार संकलन इजाजत प्राप्त भए पश्चात संकलन गरी तोकिएको घाटगद्दीमा राख्ने तथा सम्वन्धित सव-डिभिजन वन कार्यालयबाट नापजाँच मुचुल्का सहितको सिफारिस प्राप्त भए पश्चात स्थानान्तरण दिईने । | वन नियामावलीले तोकेको राजस्व र रोयल्टीको ५% प्रदेश सेवा शूल्क | जाँचबुझ तथा निरीक्षण भई पेश भएको ३ दिन भित्र | योजना शाखा र सम्वन्धित सव-डिभिजन वन कार्यालय | डिभिजनल वन अधिकृत |
| निजी वन/आवादीको हकमाः नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि, मालपोत तिरेको रसिद, जग्गाको नक्सा, स्थानीय तहको सिफारिस सहित संकलन इजाजतका लागि वन पैदावारको जात र परिमाण खुलाई तोकिएको ढाँचामा निवेदन पेश गर्ने र नियमानुसार संकलन इजाजत प्राप्त भए पश्चात संकलन गरी तोकिएको घाटगद्दीमा राख्ने तथा सम्वन्धित सव-डिभिजन वन कार्यालयबाट नापजाँच मुचुल्का सहितको सिफारिस प्राप्त भए पश्चात स्थानान्तरण दिईने । | वन नियामावलीले तोकेको राजस्वको १३% मूल्य अभिवृद्धि कर र ५% प्रदेश सेवा शूल्क (रुद्राक्षको हकमा मू.अ.कर नलाग्ने) | जाँचबुझ तथा निरीक्षण भई पेश भएको ३ दिन भित्र | योजना शाखा र सम्वन्धित सव-डिभिजन वन कार्यालय | डिभिजनल वन अधिकृत | ||
| १२ | राष्ट्रिय वनको काठ/दाउरा स्थानान्तरण इजाजत | नियमानुसार शिलबन्दी र खुल्ला डाक बढाबढबाट सकार रकम दाखिला भई टाँचा विमार्का भए पश्चात स्थानान्तरण इजाजत दिईने । | सकार रकम तथा संकलन खर्च, मु.अ.कर र प्रदेश सेवा शूल्क | सम्पूर्ण प्रक्रिया पुरा भई पेश भएको १ दिन भित्र | वन व्यवस्थापन शाखा | डिभिजनल वन अधिकृत |
| १३ | काठ चिरान तथा स्थानान्तरण इजाजत | काठ चिरान गर्न तथा चिरान काठ जिल्लाभित्र र जिल्ला बाहिर स्थानान्तरणको लागि निवेदन दिएमा इजाजत दिने । | गोलिया काठको इजाजत हुँदा मु.अ.कर नलिएको भए १३% मु.अ.कर लाग्ने | तत्कालै | वन व्यवस्थापन शाखा | डिभिजनल वन अधिकृत |
| १४ | विरुवा वितरण (रुख, सौन्दर्यात्मक, फलफुल, डालेघाँस तथा जडिबुटी प्रजाति) | ५० वटा सम्म रजिष्टरमा भरपाई मार्फत दिने र सो भन्दा बढी जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि, नागरिकताको प्रतिलिपि सहित कार्यालयले तोकेको ढाँचामा निवेदन (निवेदनको ढाँचा कार्यालयवाट उपलब्ध हुने)। | निःशुल्क | तत्कालै | योजना शाखा/नर्सरी व्यवस्थापक/नर्सरी नाईके | डिभिजनल वन अधिकृत |
| १५ | वन पैदावारमा आधारित उद्योग स्थापना तथा संचालनका लागि दुरी एकिन । सःमिल/उद्योग सूचीकृत/नवीकरण । सःमिल/उद्योगको टाँचा दर्ता/नवीकरण |
घरेलु तथा साना उद्योग कार्यालयबाट वन पैदावारमा आधारित उद्योग/सःमिल स्थापना गर्नको लागि दुरी एकिनको लागि लेखी आएमा नापी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र स्थानीय तहका प्रतिनिधि सहितको संयन्त्रबाट दुरी एकिन गरी घरेलु तथा साना उद्योग कार्यालयमा सिफारिस साथ पठाउने । | निःशुल्क | आवश्यक कागजात सहित पेश हुन आएको ७ दिन भित्र | योजना तथा वन व्यवस्थापन शाखा/प्रशासन शाखा | डिभिजनल वन अधिकृत |
| प्रचलित कानून बमोजिम उद्योगको रुपमा दर्ता भएका गोलिया काठ चिरान गर्ने सःमिल र काठ, दाउरालाई कच्चा पदार्थको रुपमा प्रयोग गर्ने उद्योगले डिभिजन वन कार्यालयमा उद्योग सूचीकृत गरी प्रमाणपत्र लिनु पर्नेछ । सूचिकृतको लागि उद्योग दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर, करचुक्ता प्रमाणपत्र, सम्वन्धित सव-डिभिजन वन कार्यालयको सिफारिस र वन पैदावार उद्योग व्यवसायी महासङ्घको सिफारिस सहित निवेदन पेश गर्नुपर्ने । | सूचीकृत निशुल्क, वातावरण तथा औद्योगीकरण व्यवस्थापन शूल्क वार्षिक रु. १,000।- |
आवश्यक कागजात सहित पेश हुन आएको सोही दिन | योजना तथा वन व्यवस्थापन शाखा/प्रशासन शाखा | डिभिजनल वन अधिकृत | ||
| सःमिल र काठ, दाउरालाई कच्चा पदार्थको रुपमा प्रयोग गर्ने उद्योगले उद्योग दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर, करचुक्ता प्रमाणपत्र सहित टाँचा दर्ता/नवीकरणको लागि निवेदन दिएपश्चात टाँचा दर्ता गरी प्रत्येक आ.व.मा नवीकरण गरिदिने । | टाचा दर्ता दस्तुर रु. ५००।- टाँचा नवीकरण दस्तुर रु. ५००।- |
आवश्यक कागजात सहित पेश हुन आएको सोही दिन | योजना तथा वन व्यवस्थापन शाखा/प्रशासन शाखा | डिभिजनल वन अधिकृत | ||
| १६ | वन्यजन्तुको उद्धार, नियन्त्रण तथा पुनःस्थापना | घाईते, असहाय तथा समस्याग्रस्त वन्यजन्तु देख्ने, जानकारी हुने जो कोहीले लिखित वा मौखिम वा जुनसुकै माध्यमबाट यथासिघ्र सूचना/जानकारी गराउनु पर्ने । | निःशुल्क | तत्कालै उद्दार/नियन्त्रण | योजना शाखा र सम्वन्धित सव-डिभिजन वन कार्यालय | डिभिजनल वन अधिकृत |
| १७ | राजश्व/धरौटी सम्वन्धमा | वन क्षेत्रको रोयल्टी, दण्ड जरिवाना र धरौटी रकम बुझाउन ल्याएमा बुझि रेकर्ड राख्ने । | कानूनले निर्धारण गरे बमोजिमको रकम | तत्कालै | आर्थिक प्रशासन शाखा | डिभिजनल वन अधिकृत |
| १८ | वन सम्वन्धी प्राविधिक सहयोग | प्राविधिक सेवा आवश्यक पर्ने व्यक्ति, समूह वा निकायले आफूलाई आवश्यक परेको वन सँग सम्वन्धित सेवाको एकिन विवरण खुलाई निवेदन पेश गर्नुपर्ने । | निःशुल्क | माग गरिएको सेवाको प्रकृति हेरी १ देखि १५ दिन | योजना तथा वन व्यवस्थापन शाखा/सव-डिभिजन वन कार्यालय | डिभिजनल वन अधिकृत |
| १९ | उजुरी सम्वन्धमा | वन पैदावार हानी नोक्सानी तथा वन अतिक्रमण सम्वन्धी परेका उजुरीको छानबीन गरी कारवाही अगाडी बढाउने । लिखित वा मौखिम वा अन्य कुनै माध्यमबाट सूचना/उजुरी दिन सक्ने । | निःशुल्क | उजुरीको प्रकृति बमोजिम समय निर्धारण हुने | मुद्दा शाखा/सम्वन्धित सव-डिभिजन वन कार्यालय | डिभिजनल वन अधिकृत |
| २० | मुद्दा दर्ता सम्वन्धकमा | जाँचबुझ अनुसन्धान तथा आवश्यक प्रमाण संकलन भई जिल्ला सरकारी वकिल कार्यालयबाट राय प्राप्त भए पछि सम्वन्धित निकायमा मुद्दा अभियोजन गरिने । | निःशुल्क | नियमानुसार | मुद्दा शाखा तथा तोकिएको अनुसन्धान अधिकारी | डिभिजनल वन अधिकृत |
| २१ | गुनासो वा सुझाव | गुनासो/सुझावको निवेदन/पत्र, उजुरी/सुझाव पेटिकामा हाल्ने वा कर्मचारी प्रशासन शाखामा निवेदन दिने वा कार्यालयको ईमेलमा पठाउन सकिने । | निःशुल्क | उजुरीको प्रकृति बमोजिम समय निर्धारण हुने | कर्मचारी प्रशासन शाखा/गुनासो सुन्ने अधिकारी | डिभिजनल वन अधिकृत |
| २२ | विपद्वाट प्रभावितलाई काठ र अन्य सवै प्रयोजनका लागि दाउरा वितरण | काठका लागि जिल्ला विपद व्यवस्थापन समिति वा जिल्ला प्रशासन कार्यालयको सिफारिस । दाउराको हकमा सम्बन्धित व्यक्ति वा संस्थाको निवेदन । | नियमानुसार | निवेदन दिएको ७ दिन भित्र | वन व्यवस्थापन शाखा | डिभिजनल वन अधिकृत |
| २३ | सूचना प्रवाह | सूचना प्राप्त गर्नु पर्ने कारण खुलाई सूचना अधिकारी समक्ष निबेदन दिनु पर्ने । | पाँच पृष्ठसम्म निःशुल्क, सो भन्दा माथि A4 साईजको कागजमा प्रति पृष्ठ रु. ५।-, A4 साईज भन्दा ठूलो साईजको कागजमा प्रति पृष्ठ रु. १०।- | निवेदन प्राप्त भएको मितिले १५(पन्ध्र) दिन भित्र | सूचना अधिकारी | डिभिजनल वन अधिकृत |
| २४ | वार्षिक स्वीकृत कार्यक्रम कार्यानवयन | स्वीकृत कार्यक्रम कार्यान्वयन मार्गदर्शन/कार्यविधि, प्रचलित ऐन, नियमावली अनुसारको प्रकृया अवलम्बन गरि कार्यक्रम सञ्चालन गरिने । | योजना तथा वन व्यवस्थापन शाखा, लेखा शाखा, कर्मचारी प्रशासन शाखा र सम्वन्धित सव-डिभिजन वन कार्यालय | डिभिजनल वन अधिकृत | ||
| सम्पर्क फोन नम्बर, ईमेल ठेगाना र वेवसाइट | |||
| कार्यालय प्रमुख | 029-420134 | 9852052734 | dfobhojpur134@gmail.com |
| सूचना अधिकारी | 029-420134 | 9852083333 | dfobhojpur134@gmail.com |
| गुनासो सुन्ने अधिकारी | 029-420134 | 9852083331 | dfobhojpur134@gmail.com |
| वेवसाइट | https://dfobhojpur.koshi.gov.np | ||